निःशुल्क भोजनको व्यावस्था गराउनेलाई महानगरले खाद्यान्न उपलब्ध गराउने
वीरगन्ज, ३१ बैशाख । वीरगन्ज महानगरपालिकाले निःशुल्क भोजनको व्यावस्था गर्न चाहनेलाई आवश्यक खाद्यान्न उपलब्ध गराउने भएको छ । महाागरपालिकाका प्रमुख विजय कुमार सरावगीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरपालिकामा निःशुुल्क भोजनकोफव्यावस्था गर्न चाहने व्यक्ति तथा संस्थालाई महानगरपालिकाले दाल, चाम, तेल लगायतका आवश्यक खाद्यान्न उपलब्ध गराउने जानकारी दिनुभएको छ ।
कोरोना भाइरस संक्रमणको साङलो तोड्नका लागि सरकारले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाले बिहान बेलुकी छाक टार्ने समस्या भएका विपन्न वर्गलाइ विभिन्न संघ संस्थाले भोजनको व्यावस्था गराउदै आएको छ । महानगरपालिकाले पनि गरिव विपन्न परिवारकालागि निशुल्क भोजनको व्यावस्था गर्न इच्छुक संघ संस्थालाई आवश्यक खाद्यान्न उपलब्ध गराउने महानगर प्रमुख सरावगीले बताउनुभयो ।
महानगरपालिकाले संक्रमितहरुलाई आवश्यक अक्सिजनको लागि पनि निःशुल्क अक्सिजन बैंकको स्थापना गरेको छ । १०० वेडको आईशोलेसन र १०० वेडको क्वारिन्टिनको पनि व्यावस्था गरेको छ । संक्रमण फैलिन नदिनका लागि हरेक दिन स्वाब कलेक्सन र परीक्षण पनि गर्दै आएको छ ।