विश्व बालश्रम बिरुद्धको दिवसको अखिल क्रान्तिकारी महानगर कमिटिद्वारा आमाको छात्रावासमा शैक्षिक सामग्री वितरण
वीरगन्ज, २९ जेठ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी महानगर कमिटिले आज आमाको छात्रावासमा रहेको विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विश्व बालश्रम विरुद्धको दिवसको अवसर छात्रावासमा रहेका बालबालिका
अनेरास्ववियू क्रान्तिकारी बिरगंज महानगरपालिका द्वारा स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको हो । अनेरास्ववियु क्रान्तिकारी वीरगंज महानगर कमिटिका अध्यक्ष विवेक कुमार साहको नेतृत्वमा गएका विद्यार्थीहरुको टोलले बालबालिकाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा अखिल क्रान्तिकारीका महानगर सहसंयोजक सोएब अली अनेरास्ववियू क्रान्तिकारि जिल्ला अध्यक्ष कबिराज पटेल बिधार्थी नेता दिलसाद अहमद, रबिन्द्र गुप्ता लगायतको सहभागिता रहेको थियो ।