पर्सामा जेठ २० सम्मका लागि निषेधाज्ञा थपियो
वीरगन्ज १२ जेठ । कोरोना भाईरस संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको समावधि थप गरेको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जेठ १३ गते बिहीबारसम्मका लागि लगाइएको एक साताका लागि थप गरिएको हो ।
वैशाख १६ गते देखि जारी निषेधाज्ञा जेठ २० गते सम्म थपिएको छ । कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा नै उचित उपाय भएकोले जेठ २० गते मध्यराति १२ बजे सम्मका लागि थप्न प्रमुख जिल्ला अधिकारी सिफारिस गरिएको डीसीसीएमसीका सदस्यसचिव पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।
पर्सा जिल्लामा दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक वैशाख २३ र दोश्रो पटक वैशाख ३० गते थप गरेको थियो । तेश्रो पटक निषेधाज्ञाका समय थपेको हो । त्यसपछि दोस्रो पटक वैशाख ३० गतेबाट जेठ ६ गते सम्म, तेस्रो पटक जेठ १३ गते बिहीबारसम्मका लागि निषेधाज्ञा थपिएको थियो । यो चौथो पटक निषेधाज्ञाको समय थपेर जेठ २० गतेसम्म पु¥याएको छ ।