वीरगन्ज महानगरपालिकाद्वारा नारायणी अस्पताललाई ३ थान भेन्टीलेटर प्रदान
वीरगन्ज, १३ जेठ । वीरगन्ज महानगरपालिकाले हिजो नारायणी अस्पताललाई ३ थान भेन्टीलेटर सहयोग गरेको छ । स्थानीय साझेदारी पूर्वाधार बिकास कार्यक्रम मार्फत वीरगन्ज महमानगरपालिकाको सहयोगमा खरिद गरिएको तीन थान भेन्टीलेभर बुधबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले नारायणी अस्पताल बिकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई ३ थान भेन्टीलेटर हस्तान्तरण गर्नुभएको हो । भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले स्थानीय सरकार, नागरिकको जीवन बचाउनका लागि जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताउनुभयो ।
नारायणी अस्पताल बिकास समितिका अध्यक्ष लाभले कोरोनाको यो महामारीका बेला वीरगन्ज महानगरपालिकाले उपलब्ध गराएको भेन्टीलेटर , बिरामीहरुका लागि बरदान साबित हुने बताउनुभयो । कार्यक्रममा नारायणी अस्पतालका डाक्टरहरु नीरज सिंह, उदय नारायण सिंह, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला,सामाजिक बिकास महाशाखाका प्रमुख अरुण महतो लगायतको उपस्थिति रहेको थियो ।