किन बढ्छ प्रहरी र नागरिकबीच द्वन्द्व ? 

किन बढ्छ प्रहरी र नागरिकबीच द्वन्द्व ? 

नीरज पिठाकोटे  
घटना नम्बर– १ : बैशाख १७ गते वीरगंज महानगरपालिका–२ छपकैया निवासी अजय कर्णले नवजात शिशुलाई अस्पतालमा आमाको दूध खुवाउन जाने क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको र मोटरसाइकल नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट ग¥यो । छपकैया घरबाट तराई अस्पतालको एनआइसियूमा भर्ना नवजात शिशुको लागि आमाको दूध लिएर जाने क्रममा वीरगंज–१५ स्थित लक्ष्मणवाचोकमा ड्युटी गरिरहेका प्रहरीले मोटरसाइकल रोकेर कुनै सोधपूछ नै नगरी पहिला कुटेको र त्यसपछि बाइक नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले आफूसँग अस्पतालको पुर्जी र कार्ड रहेको तर सो हेर्दै नहेरेर दुव्र्यवहार गरेको आरोप लगाउनुभयो । उहाँले बनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले विज्ञप्ति नै जारी गरेर घटनाको विषयमा ध्यानाकर्षण भएको जनायो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कर्णको ना.३५व ९३६० नंबरको मोटरसाइकलको कागजात चेकजाँच गरी एक घण्टापछि छाडेको बताउनुभयो । उहाँले अस्पतालबाट नवजात शिशु डिस्चार्ज भइसकेको र कर्णमाथि कुटपिट र दुव्र्यवहार नभएको पनि प्रहरी उपरीक्षक पाण्डेले दाबी गर्नुभयो ।

घटना नम्बर–२  ः बैशाख ३१ गते निषेधाज्ञामा अनावश्यक बाहिर हिडेको भन्दै एकजनालाई प्रहरीले कुटपिट ग¥यो । प्रहरीले दुव्र्यवहार गरेको भन्दै स्थानीयले विरोध गरेपछि बैशाख ३१ घण्टाघरमा प्रहरी र स्थानीयबीच विवाद भयो । विवादमा प्रहरीलाई एक समूहले आक्रमण समेत ग¥यो । एकजना प्रहरी सामान्य घाईते भए । प्रहरीलाई आक्रमण गरेको भिडियो समेत भाईरल भयो । उक्त घटनामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सार्वजनिक शान्ति खलबलाएको र संक्रामक रोग ऐन अन्तर्गतको मुद्दा चलाएको छ ।  

घटना नम्बर–३  ः जेठ २ गते वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा मोटरसाईकल दुर्घटनामा विवाद हुँदा दुइपक्षबीच झडप भयो । एकपक्षले दोश्रो पक्षलाई कुटपीट गरेर घाईते बनाएपछि प्रहरीले खबर पायो । परवानीपुर प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा गयो । कुटपिटमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ  समेत ग¥यो । तर, स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेरर उनीहरुलाई छुटायो । प्रहरीमाथि आक्रमण गर्ने मध्यका ८ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । ८ जना मध्य पाँच जनालाई सार्वजनिक शान्ति र संक्रामक रोग ऐन अन्तर्गत मुद्दा चलाएको छ । तीन जनलाई आपराधिक मुद्दा चलाएको छ । 

घटना नम्बर–४ : जेठ ७ गते मुर्ली पोखरी नजिकै माछा व्यापारी र प्रहरीबीच झडप भयो । मुर्ली पोखरीमा भीडभाड गरेर माछा विक्री गरिरहेको सूचना पाएपछि गएको प्रहरीले उनीहरुलाई हटाउने क्रममा प्रहरीसँग झडप भयो । स्थानीय र प्रहरीबीच झडपको झडपमा एकजना प्रहरीलाई आक्रमण गरेर बन्दुक समेत खोस्न खोजेको र टाउको इटा प्रहार गरेर घाईते बनाएको छ । स्थानीय एक वृद्धालाई बाख्रा चराईरहेको अवस्थामा प्रहरीले लाठी चार्ज गरेर घाईते बनाएको स्थानीयले आरोप लगाएका छन् । 


घटना नम्बर–५ : जेठ ११ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीको नेतृत्वमा गस्तीमा निस्किएको प्रहरी टोलीले वीरगन्ज–८ पानी टंकी चोकमा खोलिएका किराना पसलहरुलाई बन्द गराउने क्रममा भिडियो खिचेको भन्दै प्याथो सर्जिकल हाउसका कर्मचारीलाई पसल भित्रै छिरेर निर्घात कुटपीट गरे । प्रहरीले उनलाई कुटपिट गर्नुको कारण भने पसल बन्द गराई रहेको प्रहरीको भिडियो खिचेको भन्ने आरोप छ । तर, सर्जिकल पसलका कर्मचारी भने आपूm भिडियो कलमा कुरा गरीरहेको र प्रहरीलाई देखेपछि बाहिर निस्किएर भिडियो कलमा कुराकानी गरेको बताएका छन् । 

               यी सबै वीरगन्जमा कोरोना भाईरस संक्रमणको उच्च विन्दुसम्म पुगेपछि स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञाकाबीचमा भएका मुख्य घटनाहरु हुन् । अन्य सामान्य छिटफुटका घटनाहरु भएपनि जानकारीमा आएकाहरु मात्रै उल्लेख गरिएको छ । यी सबै घटनामा गरी २० जनालाई प्रहरीले अहिले  विभिन्न मुद्दा चलाएको छ । घटनाहरुलाई विश्लेषण गर्दा माथिको घटना नम्बर २ देखि ४ सम्मको अवस्थाका कारण घटना नम्बर ५ भएको होला भन्ने अड्कल गर्न सकिन्छ ।

तर, घटना ५ जुन भएको छ । त्यो भने अत्यन्त निन्दनीय हो । यसलाई प्रहरी संगठनले पनि जिम्मेवारी लिएको छ । यसलाई सच्याउने प्रतिवद्धता पनि गरेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको नागरिकले गरेको उल्लंघन र प्रहरीले नागरिकसँग गरिएको व्यवहार दुवै कारणले प्रहरी र नागरिकबीच द्वन्द्व बढेको छ । समाजले प्रहरीमाथि नै आक्रामक हुनु चाहिँ समाजमा विभिन्न किसिमका व्यक्तिहरुको आपराधिक मनोवृतिले काम गरेको  पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विशेष गरी कुनै मुद्दाहरुमा पक्राउ परेका व्यक्तिहरुको परिवारहरु आक्रोशित हुनेहरु हुन्छन् । अनुन्धानबाट चित्त नबुझ्ने विभिन्न कारणले गर्दा पनि हुन्छ । पछिल्लो समयमा सामाजिक सञ्जालहरु, फिल्महरुबाट युवाहरुमा प्रहरीलाई आक्रमण गर्ने गर्छन् । अन्य सरकारसँगको असन्तुष्टिहरुले पनि आक्रामक हुन्छन् । राज्यको प्रतिनिधिको रुपमा पहिलो पंक्तिमा देखिने नै प्रहरी भएको र सरकार विरुद्धको आक्रोश पनि प्रहरी माथि नै पोखिने गरेका छन् ।”

विशेष परिस्थितिमा सरकारले लगाएको कानूनको पालना गर्नु नागरिकको पनि दायित्व बन्छ । कानून कार्यान्वयन गराउने क्रममा राज्यबाट परिचालित संयन्त्रले पनि नागरिकसँगको व्यवहारलाई सुमधुर राख्नुपर्छ । मुलुक संघीय लोकतान्त्रीक गणतन्त्रमा परिवर्तन भईसकेपछि नेपाली सेनाले समेत नागरिकसँगको सम्बन्धलाई सदभावमैत्री बनाउनुपर्छ भनेर नागरिकहरुको बीचमा विभिन्न कार्यक्रमहरु लिएर आउन थालेका छन् । प्रहरी संगठन स्थापनाकालदेखि नै जनतासँग नजिक रहेर शान्ति सुव्यावस्थाका लागि काम गर्दै आएको संगठन हो । तर, प्रहरीमा हुने एकाध व्यक्तिका व्यवहार र आँचरणले प्रहरी संगठनको छवि नै धु्मिल्याएको छ ।

राज्यको जुनसुकै काम गर्नका लागि व्यक्तिको शारिरिक स्वास्थ्य, आँचरण, व्यवहारको पनि ध्यान दिईने गरिन्छ । अझ सुरक्षा निकाय जस्तो अत्यन्त संवेदनशील निकायमा काम गर्नेको आँचरण, व्यवहार र काम गर्ने शैली सन्की भयो भने त्यसले समाजलाई सुरक्षा भन्दापनि थप अशान्ति बनाउनमा बल पु¥याउछ । यसमा प्रहरीको मात्रै भूमिका रहनुपर्छ भन्ने चाहिँ होईन । कुनैपनि समाज अपराध रहित हुदैन । यदि अपराध रहित समाजको परिकल्पना गर्ने हो भने त्यहाँ प्रहरीको आवश्यकता नै पर्दैनथ्यो । तर, समाजको आपराधिक गतिविधि नियन्त्रणका लागि स्थापित संगठनले समाजलाई नै आतंकित बनाउन खोज्छ भने त्यो चिन्ताको विषय हो ।

प्रहरी कानून कार्यान्वय गर्ने निकायको अग्रपंक्तिमा रहेर काम गर्ने भएकोले पनि बढी संवेदनशील र संयम प्रहरी नै हुनुपर्छ । त्यसैले प्रहरीको पेशा ‘न शत्रु न मित्र’ को जस्तै काम हो । सबैलाई समदूरीमा राखेर काम गर्नुपर्ने हुन्छ । विशेष परिस्थितिमा समाज र नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । नागरिकले समाजमा बसेपछि जेपनि गर्न पाईन्छ भन्ने सोच राख्छ भने त्यसले पनि समाजलाई नकारात्मक असर नै पार्छ । नागरिक र सुरक्षा निकायबीच समय समयमा हुने गरेका यस्ता द्वन्द्वले समाजको विकासलाई सहयोग भने कति पनि गर्दैन । प्रहरीले समाजप्रति गर्ने व्यवहार र समाजले प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सकिएन भने द्वन्द्वले विद्रोह जन्माउछ ।

यस्ता द्वन्द्व न्यूनीकरण र शान्त समाज निर्माणका लागि प्रहरी संगठनको नेतृत्वमा पुग्ने प्रहरी अधिकृतहरुले विभिन्न नारा सहितका कार्यक्रमहरु सार्वजनिक गर्ने र संचालन गर्ने गरेका छन् । तर, अझैपनि प्रहरीभित्रको त्यो व्यवहारलाई भने परिवर्तन गर्न सकिएको छैन । समाजले भने प्रहरीको नरम व्यवहारलाई आफ्नो जित ठानेर अटेर गर्ने गरेका छन् । यसले नै हो द्वन्द्व निम्त्याउने । खासगरी सीमा नाकाहरुमा यस्ता खालका घटनाहरु बढी हुने गरेका छन् । कतिपय अवस्थामा मानवीय क्षति समेत हुने गरेको छ । नागरिक र प्रहरीवीच द्वन्द्व बढ्नु भनेको चाहिँ राम्रो संकेत होईन । यो समाजकै लागि राम्रो होईन । यसमा दुवैले संयमता अपनाउन जरुरी छ ।