प्रहरीले पक्राउ गरेको भन्सार छलिका सामान बुझायो
वीरगन्ज, ५ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलि गरी ल्याईएको सामान भन्सार कार्यालयमा बुझाएको छ । जठ ४ गते मंगलबार बेलुका ९ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ८ रेलवे सडकबाट प्रहरी टोलीले ना. २ ह ४१६३ नम्बरको अटो गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको थियो ।
बरामद सामान आवश्यक अनुसन्धानपछि थप कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद गरिएको सामान अन्दाजी मूल्य एक लाख दुई सय बीस बराबरको सर्टको थान कपडा, पाइन्टको थान कपडा, लहंगा, साडी, मार्किङ थान कपडा तथा कुर्ता बनाउने थान कपडा लगायत रहेका छन् ।
कपडा सहित अटो चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने बर्ष ३५ को राज कुमार प्रसादलाई समेत नियन्त्रणमा लिएको छ । अटोको मूल्य सहितको मूल्याङ्कन गरी आवश्यक कारवाहीको मानिस, अटो तथा कपडा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।