सशस्त्र प्रहरी नम्बर २ बाहिनीको मनसुनजन्य विपदको पूर्वतयारी अभ्यास सम्पन्न 

सशस्त्र प्रहरी नम्बर २ बाहिनीको मनसुनजन्य विपदको पूर्वतयारी अभ्यास सम्पन्न 

वीरगन्ज, ७ असार । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीको आयोजनामा मनसुनजन्य विपद घटना सम्बन्धी पूर्वतयारीको कृत्रिम अभ्यास सम्पन्न भएको छ । रौतहटको बागमती नदि किनारमा सोमबार भएको बाहिनी स्तरीय कृत्रिम घटना अभ्यास सम्पन्न भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी अन्तगर्तका ८ वटा जिल्लाका सशस्त्र प्रहरी गणले बिपदमा गरिने उद्दार कार्यहरुको बारेमा -याफ्ट  प्याण्डल कमाण्ड, ड्रई रेस्क्यु विधि, स्लिदरिङ्ग रेस्क्यु,

रोप रेस्क्यु, राफ्ट वोट रेस्क्यु, ओबीएम रेस्क्यु, अण्डर वाटर रेस्क्यु र हाई एङ्गल तुईन रोप रेस्क्युको लगायतको विधिहरुको प्रदर्शनी गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

प्रदर्शनीपछि भएको औपचारिक समापन सामरोहमा बोल्ने वक्ताहरुले विपद व्यावस्थापन र उद्दार, पूर्व तयारी र प्रदर्शनी अभ्यासको उपादयता र महत्वको बारेमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, सचिव राममकुमार महतो, नेपाली सेनाको २७ नम्बर बाहिनी सिराहाका बाहिनीपति सहायक रथी भरतचन्द्र गुरुङ्ग,

प्रहरी नायव महानिरीक्षक मसाउद आलम खाँ, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायवमहानिरीक्षक गणेश बहादुर ठाडा मगर, राष्ट्रिय अनुसन्धान मधेस प्रदेशका प्रमुख अनुसन्धान निर्देशक ओम कुमार जोशी, विभिन्न स्थानीय तहका प्रमुख तथा अध्यक्षहरु, ८ वटै जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।