वीरगन्जमा कडा सुरक्षा चेकजाँच 

वीरगन्जमा कडा सुरक्षा चेकजाँच 

वीरगन्ज, २१ असोज । चाडबाडको समयमा अवाञ्छित गतिविधि नियन्त्रणका लागि पर्सा प्रहरीले सुरक्षा चेकजाँचलाई कडा बनाएको छ । वीरगन्जको गहवामाई मन्दिरमा लाग्ने मेलामा भीडभाड हुने भएकोले कुनैपनि गलत गतिविधि हुन नदिन प्रहरीले सुरक्षा जाँचलाई कडा बनाएको हो ।

प्रहरीले सुरक्षा जाँचमा मोटरसाईकललाई विशेष निगरानीमा राखेको छ । मन्दिरमा लाग्ने मेलामा नेपालको विभिन्न स्थानबाट र छिमेकी देश भारतको पनि विभिन्न स्थानबाट वीरगन्जको माईस्थानमा रहेको गहवामाई मन्दिरमा दर्शन गर्न आउने बाहानामा विभिन्न आपराधिक क्रियाकलाप हुन सक्ने अनुमान गरेर सुरक्षा जाँचलाई कडाई बनाएको पर्सा प्रहरीले जनाएको छ ।

बिहीबार माईस्थानदेखि गीतामन्दिर चोकसम्म जाने सडकमा प्रहरीले आकस्मिक चेकजाँच गरेको छ । मोटरसाईकल चलाउनेहरुलाई गलत गतिविधि गर्न निरुत्साहित गर्नका  लागि सुरक्षा जाँचलाई कडा बनाएको पर्सा प्रहरीले जनाएको छ ।

सुरक्षा व्यावस्था कडा गर्ने सिलसिलामा चेकजाँचको व्यावस्थालाई कडा बनाएको प्रहरीको भनाई छ । दैनिक जसो महानगर क्षेत्रको विभिन्न स्थानमा आकस्मिक चेकजाँच गर्ने प्रहरीले जनाएको छ ।