माओवादी निकट किसान महासंघ क्रान्तिकारी पर्साको जिल्ला समिति चयन
वीरगन्ज, १० बैशाख । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पर्सा जिल्लाको भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।
जिल्ला समन्वय समिति पर्साको सभाहलमा सम्पन्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पर्साको प्रथम जिल्ला भेलाले रामजनम ओझैयाको अध्यक्षतामा रामजनम ओझैयाको अध्यक्षतामा २१ सदस्य अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गठन गरेको छ।
उपाध्यक्षद्वय नेमा तामाङ, हरेन्द्र महतो, अमरेश यादव, सचिव अरुण दास, सदस्यहरु चिरञ्जीवी चौधरी, नागेन्द्र कुशवाहा, देवी चन्द्र लगायत रहेका छन् ।
बैठकले कोषाध्यक्ष तथा अन्य सदस्यहरु चयन गर्ने महासंघका केन्द्रीय सदस्य जयनारायण चौधरीले जानकारी दिनुभयो । यसअघि महासंघका केन्द्रीय सदस्य जयनारायण चौधरीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिजय महतो थारूको प्रमुख आतिथ्यमा भएको भेलाको उदघाटन गदै इन्चार्ज महतोले किसानहरुको मुद्दालाई अगाडि ल्याउन सबै महासंघका पदाधिकारी एक जुट भएर लागेको खण्डमा पूरा हुने बताउनुभयो ।
माओवादीले ल्याएको एजेन्डा अहिले अरु पार्टीले प्रयोग गरिरहेकाले अब जनताको माझ गएर माओवादीको एजेन्डा यो हो भनेर स्पष्ट रुपमा बुझाउनु पर्ने बताउनुभयो । किसानहरुको लागि चाहिने सामाग्री देखि मल खाद्यान्न तथा बिउबिजनको बारेमा अब हरेक पालिकामा बजेट माग गर्न सुझाव समेत दिनुभएको थियो ।
भेलाको उदघाटन समारोहमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रका केन्द्रीय उपाध्यक्ष रामकुमारी महतो, उपाध्यक्ष हरिनारायण महतो, राष्ट्रिय भूमि आयोगका सदस्य हिरा भट्टराई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, जनमोर्चाका संयोजक महेन्द्र राम, नेकपा माओवादी केन्द्रका युवा नेता सब्बा अंसारी, संजीत चौधरी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।