वीरगन्ज महानगरपालिकाद्धारा लामखुट्टे नियन्त्रण अभियान शुरु
वीरगन्ज, ९ चैत्र । वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि फगिङ अभियान शुरु गरेको छ । महानगरपालिकामा लामखुट्टेटको आतंक बढ्दै गएपछि नियन्त्रण गर्नका लागि हिजोदेखि फगिङ्ग अभियान शुरु गरेको हो ।
वीरगन्ज महानगरपालिकाले हिजो वडा नम्बर १, २ र ३ मा लामखुट्टे मार्ने विषादी छर्न शुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।
गर्मी बढेसँगै लामखुट्टेको संख्यामा पनि वृद्धि भएपछि यसको नियन्त्रणका लागि महानगरपालिकाले विषादी छर्नेकाम शुरु गरिएको उहाँले बताउनुभयो । महानगरपालिकाको ३२ वटै वडाहरुमा लामखुट्टे नियन्त्रणका लागि पहिलो चरणको अभियान शुरु गरिएको नगर प्रमुख सरावगीको भनाई छ ।