सखुवा प्रसौनी वडा नम्बर २ का अध्यक्षद्वारा विभिन्न विद्यालयलाई पंखा वितरण 

सखुवा प्रसौनी वडा नम्बर २ का अध्यक्षद्वारा विभिन्न विद्यालयलाई पंखा वितरण 

आरके चौधरी
सखुवा प्रसौनी, १० साउन ।  पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा २ को वडा कार्यलयले विद्यालयलाई पंखा वितरण गरेको छ । वडा नम्बर २ को आर्थिक बर्ष ०७९÷०८० मा विनियोजित बजेटबाट वडा २ अन्तर्गत पर्ने एउटा माध्यमिक बिधालय र ६ वटा आधारभूत बिधालयहरुलाई वडा नम्बर २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले पंखा  बितरण गर्नु भएको हो ।

यहि क्रममा श्री दिपनरायण आदर्श नमूना माध्यमिक विद्यालय औराहा पचगवाँका प्रधानाध्यापक शिवनाथ चौधरी थारुलाई ५ वटा पंखा हस्तान्तरण गर्नु भएको थियो । अत्यधिक गर्मीका कारणले विद्यालयमा विद्यार्थीहरुलाई अध्ययन गर्न समेत समस्या भएकोले पंखा वितरण गरिएको वडा अध्यक्ष चिरञ्जिवी महतो थारुले बताउनुभयो ।

विद्यालयलाई पंखा वितरण गरेर अत्यन्त पुण्यको काम गरेको दीपनारायण आदर्श नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरी थारुले बताउनुभयो । पंखा नहुँदा अत्यधिक गर्मीले विद्यार्थीहरुलाई पढ्न समेत समस्या हुने गरेकोमा अब पंखा पाएपछि विद्यार्थीहरुलाई पनि गर्मीमा राहत हुने प्रधानाध्यापक शिवनाथ चौधरी थारुले बताउनुभयो ।