बिपन्न पीडित परिवारका दुईजनालाई महानगर प्रमुख सरावगीले निःशुल्क शिक्षाको व्यावस्था गरिदिने
वीरगन्ज, ३१ असोज । वीरगन्ज महानगरपालिकाका गरप्रमुख विजय कुमार सरावगीले वडा नम्बर १२ का बिपन्न परिवारका दुईजनालाई निःशुल्क अध्ययनको व्यावस्था गरिदिने भएको छ । वडा नम्बर १२ मुर्लीमा रहेको सार्वजनिक पोखरीमा असोज ३ गते डुबेर मृत्यु भएका २ बालकाका परिवारसंग आईतबार भेटेर पीडित परिवारलाई सहानुभूति प्रकट गर्नु भएको छ ।
बिहान मृतक बालकहरुका परिवारलाई घरमै पुगेर नगर प्रमुख सरावगीले भेट्नु भएको हो । त्यसक्रममा सरावगीले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकोले परिवारका दुइजना बालिकाहरुको निशुल्क पठनपाठनको व्यवस्था महानगरपालिकाले गरिदिने प्रतिबद्धता जनाउनु भएको हो ।
वीरगन्ज १२ स्थित मुर्ली पोखरीमा असोज ३ गते डुबेर वीरगन्ज १५ ब्रम्हचोकका उमेश महत्तोका छोरा १३ वर्षिय प्रितम महत्तो र उमेशका भाइ दिनेस साहका छोरा १७ वर्षिय आशीष कुमार साहको मृत्यु भएको थियो ।