वीरगन्ज नर्सिंङ क्याम्पसकी एक महिलाको कोरोना संक्रमणले मृत्यु

वीरगन्ज नर्सिंङ क्याम्पसकी एक महिलाको कोरोना संक्रमणले मृत्यु

वीरगन्ज, ९ बैशाख । वीरगन्जमा थप एकजना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ की ६१ बर्षीया महिलाको आज मृत्यु भएको नारायणी अस्पतालको कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।

बैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ५ गते नारयाणी अस्पतालमा भर्र्ना गरिएको थियो । उनको उपचारको क्रममा बिहीबार मृत्यु भएको डाक्टर दासले बताउनुभयो । उनी वीरगन्ज नर्सिङ कलेजमा भान्सेको रुपमा कार्यरत थिईन् । वीरगन्ज नर्सिङ कलेजका १९ जना विद्यार्थी र कर्मचारी सहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।