स्व. विन्दु पाण्डे स्मृति पुरस्कार रेडियोकर्मी एनीलाई
वीरगन्ज, ७ असार । स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्दै आएको पुरस्कार यो बर्ष रेडियोकर्मी अनिता (एनी) कुँवरलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा असार ४ गते बसेको बैठकले पुरस्कार वितरणका लागि पत्रकार सरोज खड्काको संयोजकत्वमा ५ सदस्य छनौट समिति बनाएको थियो ।
सो समितिले गरेको छनोटको आधारमा यसबर्षको पुरस्कार कुँवरलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. पाण्डेको स्मृतिमा ६ बर्ष अगाडी स्थापना भएको प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते उहाँको पुण्य तिथीमा नै पुरस्कार वितरण गर्दै आएको छ । पुरस्कारका पर्सामा क्रियाशील २८ पत्रकार महिलाहरु मध्येबाट छनौट गरिएको छनौट समितिका संयोजक खड्काले बताउनुभयो ।