७३ स्वाबको पीसीआर परीक्षणमा एकजनामा संक्रमण पुष्टि 

७३ स्वाबको पीसीआर परीक्षणमा एकजनामा  संक्रमण पुष्टि 

वीरगन्ज, २३ असार । वीरगन्जमा ७३ वटा नमूना स्वाबको पीसीआर परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको ७३ वटा नमूना स्वाबको हिजो साँझ नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका एकजनामा मात्रै संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

२४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको र उनको संक्रमण सार्न सक्ने सिटी भ्यालु पनि ३२.६ रहेको डाक्टर सिंहले बताउनुभयो । पहिलो र दोश्रो भेरियण्टमा कोरोना संक्रमणको हटस्पटदुईपटक कोरोना संक्रमणको हटस्पट बनेको पर्साको अवस्था अहिले सामान्य हुदै गएको छ ।

तेश्रो भेरियण्टको चेतावनीसँगै छिमेकी देश भारत लगायत ८५ वटा भन्दा बढी मुलुकमा फैलिएको डेल्टा भेरियण्टको जोखिम रहेकोले सावधानी र जनस्वास्थ्यका सतर्कता अपनाउन स्वास्थ्य विज्ञ र चिकित्सिकहरुले बारम्बार सचेत गराईरहेका छन् ।