सरकारी आदेश पालना गर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध
वीरगन्ज, ७ बैशाख । कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय पर्साले विभिन्न आदेशहरु जारी गरेको छ । विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियण्टको कोभिड–१९ महामारीको संक्रमण नेपालमा पनि बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले जारी गरेको आदेशहरु कार्यान्वयनका लागि अनुरोध गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबैले सरकारको आदेशहरु पालना गर्न अनुरोध गरेको हो । सूचनामा प्रकाशित गरे अनुसार सरकारले जारी गरेको ऐन विपरीत काम भएमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।