नारायणी अस्पतालमा उपचाररत काेराेना संक्रमित महिलाको मृत्यु

नारायणी अस्पतालमा उपचाररत काेराेना संक्रमित महिलाको मृत्यु

वीरगन्ज, २ बैशाख । वीरगन्जकाे नारायणी अस्पतालमा उपचाररत एक काेराेना संक्रमित महिलाको मृत्युु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २ कि ४२ बर्षीया महिलाकाे काेराेना संक्रमणका कारण मृत्युु भएको हाे । २०७७ चैत २९ गते भर्ना गरिएको ती महिलामा साेही दिन पीसीअार परिक्षण गर्दा काेराेना पुष्टि भएको नारायणी अस्पतालका काेभिड काेअर्डिनेटर डाक्टर सराेजराेशन दासले बताउनुभयाे । नारायणी अस्पतालमा उपचाररत महिलाको बिहिवार बिहान ८:१६ मा मृत्युु भएको डा. दासले बताउनुभयो ।