बर्षापछि हुने डुबानको निकासमा चुनौती 

बर्षापछि हुने डुबानको निकासमा चुनौती 

ट्रिब्यून न्युज । नेपालमा यसबर्ष मनसुन औसत समयभन्दा अघि नै भित्रिएको छ । मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरुले यसबर्ष औसत भन्दा बढी नै बर्षा हुने अनुमान गरिएतापनि अहिले तराई मधेस क्षेत्रमा भने लामो समयदेखि पानी परेको छैन । असार १४ र १५ गते देशभर पानी परेपनि त्यसपछि भने मधेस तराईका जिल्लाहरुमा खासै पानी परेको छैन ।

लामो समय पानी नपर्दा र चर्को घामको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । मौसमविद्हरुले मंगलबार अर्थात साउन ३ गतेदेखि देशभर पानी पर्ने पूर्वानुमान गरेपनि त्यस अनुसार अझै पानी पर्न सकेको छैन । अहिले सुदुुरपश्चिमका जिल्लामा भने पानी परेर जलमग्न भएको छ । धेरै लामो समय पानी नपरेर सुक्खा जमिन एकैपटक पानी पर्दा पानीले आफ्नो बाहव खोज्दै जाँदा निकास नभएर  जलमग्न हुनु स्वभाविका हो ।

तर, सबैं डुबानको समस्या हुने क्षेत्रहरुमो सम्भावित विपद व्यावस्थापनको पूर्वतयारी भने आवश्यक देखिन्छ । वीरगन्ज सामान्य बर्षा हुँदापनि जलमग्न हुने ठाउँ हो । यसअघिदेखि नै सामान्य बर्षामा समेत जलमग्न भएर डुबानमा पर्ने गरेको छ । जसले गर्दा भौतिक सम्पत्तिहरुको क्षति व्यहोर्नु परेको छ । वीरगन्ज महानगरपालिकामा एसियाली विकास बैंकको ऋण सहयोगमा झण्डै तीन अर्ब रुपैयाको लागतमा एकीकृत मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजना निर्माण सम्पन्न भएको छ ।

त्यसले झन वीरगन्ज महानगरलाई डुबानमा पार्दै आएको छ । यो आयोजना निर्माण भएपछि झन वीरगन्जवासीले डुबानको समस्या झेल्नु परेको छ । यसको डिजाईनमा नै त्रुटी भएको विभिन्न समयमा समाचारहरु आएका छन् । सामाजिक सञ्जालहरुमा समेत टिकाटिप्पणीहरु भएका थिए । त्यसैले बर्षा शुरु भएपछि अब हुने डुबानबाट निकास पाउन पूर्वतयारीको आवश्यकता देखिन्छ ।

अब, सुदुर पश्चिमक्षेत्रबाट बर्षा शुरु भएको छ । बर्षा शुरु हुने बित्तिकै जलमग्न हुन थालेको छ । बर्षा शुरु भएपछि वीरगन्जको अवस्था पनि त्यस्तै हुने छ । अहिले ढल नालाहरु सरसफाई गरिएपनि पानीको निकास हुने ठाउँ भने त्यहि हो । त्यसबाट उचित निकास भएन भने फेरी डुबान हुने निश्चित छ । खासगरी सिर्सिया नदिमा आउने बाढी नदिको सतह पार गरेर दक्षिणतर्फ बगेपछि वीरगन्ज डुबानमा पर्ने गरेको छ ।

एकदुई घण्टा निरन्तर बर्षा भयो भने वीरगन्जको श्रीपुर, रानीघाट, ओमआश्रम, जिल्ला प्रशासन कार्यालय, आदर्शनगर लगायतका क्षेत्रहरु जलमग्न हुने गरेको छ । यसको उचित निकास के ? यतातर्फ भने सरोकारवाला निकायको ध्यान जान जरुरी छ । बर्षातको पानी निकासको लागि निर्माण गरिएको ढल तथा नालाबाट पानीको निकास हुन सकिरहेको छैन भने पानीको उचित निकास गर्ने ठाउँको पहिचान गरेर वीरगन्जलाई डुबानबाट जोगाउनुपर्ने हुन्छ । त्यसको लागि विपद व्यावस्थापन पूर्व तयारीहरु गर्दा नै ध्यान पु-याउन जरुरी छ ।