नारायणी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु 

नारायणी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु 

वीरगन्ज, १९ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का ६८ बर्षीय पुरुषको आईतबार बिहान १ः०० बजे मृत्यु भएको जिल्ला कोभिड व्यावस्थापन केन्द्रका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

बैशाख १७ गते शुक्रबार नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा उनको आईतबार बिहान मृत्यु भएको सम्पर्क व्यक्त श्रीवास्तवले बताउनुभयो । यो सहित पर्सामा दोश्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।