भौतिक पूर्वाधार विकास मन्त्री सोनलको कोरोना रिपोर्ट नेगेटिभ

भौतिक पूर्वाधार विकास मन्त्री सोनलको कोरोना रिपोर्ट नेगेटिभ

वीरगन्ज, १९ बैशाख । प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि रुघाखोकी र ज्वरो आएपछि मन्त्री निवासमा नै आराम गरिरहनुभएका मन्त्री सोनलको जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जानकारी गराउनु भएको छ ।


हिजो प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिनुभयो । मन्त्री सोनलले अबको केही दिनमा फेरी आपूm आफ्नो नियमित काममा सक्रिय रहने पनि बताउनु भएको छ ।