प्रसौनीमा निःशुल्क आँखा शिविर, १२० जनाले परीक्षण गराए
वीरगन्ज, १३ कार्तिक । ईलाका प्रहरी कार्यालय प्रसौनी बारा र बिरगंज सामुदायीक आखाँ केन्द्र तथा दाँच अस्पताल पर्साको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरको प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले उदघाटन गर्नुभएको थियो ।
बाराको प्रसौनी गाउँपालिका वडा नं.३ नौतन टोल स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रङ्गणमा आज भएको शिविरमा ७० जना महिला र ५० जना पुरुष गरी जम्मा १२० जनाले आखाँ तथा दात चेकजाच गराएका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक गौतम मिश्रा कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादव, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली बीरगंजका अध्यक्ष राम शर्मा, सामुदायीक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष लुकेश सिंह, सोही आखाँ केन्द्रका कोअर्डिनेटर महेश सिंह धामि, तथा प्रियंका साह लगायत स्थानीयको सहभागितामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।
आँखा शिविरमा परीक्षण गरिएकाहरुमा मोतियाविन्दुको समस्या देखिएमा काठमाडौंको अनुभवी बरिष्ठ चिकित्सकहरुबाट अपरेशन गरिने अस्पतालका संयोजक धामीले बताउनुभयो ।