आदिवासी थारु समुदायको माघी स्वास्थ्य मापदण्डको पालना गरि मनाईने
वीरगन्ज, ३० पुस । आदिवासी थारु समुदायले सधै जस्तै यस बर्षपनि माघी (खिचडी) २६४६ औं सम्वत मनाउने तयारी गरेका छन् । वीरगन्जको स्वीमिङपुलमा माघ १ गते मनाईने माघी (खिचडी) को सम्पूर्ण तयारी पूरा भएको माघी पर्व आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ ।
माघी पर्व मूल आयोजक समितिका संयोजक रामसुन्दर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विगतको भन्दा यसबर्ष केही फरक तरिकाले माघी मनाउने तयारी रहेको जानकारी दिनुभयो । उहाँले कोरोना भाईरस संक्रमणको जोखिम रहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मात्रै माघी मनाउन लागिएको बताउनुभयो ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पंजियारले नेपालका आदिवासी जनजाति थारु समुदाय अझै पनि राज्यको विभेदमा परेकोले हरेक बर्ष पर्व मनाउदा पनि विभेद विरुद्धको आन्दोलनको रुपमा मनाउने गरिएको बताउनुभयो । जुनुसुकै सरकारले पनि आदिवासी जनजाति थारु समुदायको आवाजलाई वेवास्ता गर्ने गरेको भन्दै थारु समुदायको पहिचान र संस्कृति संरक्षणमा एकजुट हुने सन्देश दिनलाई पनि पर्व मनाउने गरिएको बताउनुभयो ।
माघी पर्वको अवसरमा रक्तदान कार्यक्रम, थारु समुदायमा प्रचलित खानाका परिकारहरुको समेत पर्वमा राखिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । कार्यक्रममा माघी मूल आयोजक समितिका सहसंयोजक शेखर चौधरी, आर्थिक संयोजक परमानन्द चौधरी, गौतम चौधरी,
मनोज चौधरी, प्रचार प्रसार संयोजक विजया ओझैया, एञ्जल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ इन्चार्ज नीरज पिठाकोटे मगर, पर्सा अध्यक्ष अजित भूजेल, संस्थापक उपाध्यक्ष जगत राई लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।