वीरगन्ज उद्योग वाणिज्य संघद्वारा होली मिलन समारोहको आयोजना
वीरगन्ज, १७ फागुन । वीरगन्ज उद्योग वाणिज्य संघले होली पर्वको अवसरमा होली मिलन समारोहको आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष डाक्टर सुवोध गुप्ताले आमन्त्रित अतिथिहरुलाई अबिर लगाएर स्वागत सहित शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
हरेकबर्ष होली पर्वको अवसरमा आयोजना गरिने गरेको संघले यसपटक पनि सदभावको प्रतीक रंगहरुको पर्व होलीको अवसरमा शुभकामना आदान प्रदानका लागि होली मिलन समारोहको आयोजना गरेको हो । कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने,
प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल केसी, प्रमुख सेनानी डायमण्ड कार्की, प्रहरी उपरीक्षक कोमल शाह, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरु, नेपाल र भारतका सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।