जनचेतनामूलक सन्देश सहित मनाईयो सनलाईट स्कुलको बार्षिकोत्सव

जनचेतनामूलक सन्देश सहित मनाईयो सनलाईट स्कुलको बार्षिकोत्सव

वीरगन्ज, १९ फागुन । जुनसुकै संघ संस्थाहरुले सामान्यतः औपचारिक रुपमा बार्षिकोत्सव मनाउने गर्छन् । अतिथिहरुलाई बोलाउने आसन ग्रहण गराउने, विद्यार्थीहरुको नृत्य, गीत लगायत मनोरञ्जन गरेर मनाउने गरिन्छ । तर, वीरगन्जको नगवामा रहेको निजी विद्यालय सनलाईट अंग्रेजी माध्यमिक विद्यालयको बार्षिकोत्सव भने फरकशैलीमा मनाईएको छ ।

विद्यालयमा अतिथिहरुलाई आसन ग्रहण गराउने, अभिभावक र विद्यार्थीहरुलाई सहभागी गराएर सामाजिक चेतनाका सन्देश सहितको नृत्य र जनचेतनामूलक सन्देश प्रवाह गर्दै बार्षिकोत्सव मनाएको हो । कार्यक्रम सञ्चालन गर्ने छात्राहरुले कार्यक्रममा उपस्थित अतिथि, अभिभावक र सहकर्मी विद्यार्थीहरुलाई सामाजिक हिंसा, घरेलु हिंसा र महिला हिंसा तथा सामाजिक कुरीतिको विषयमा जनचेतना फैलाउने सन्देश दिने नृत्य र नारी सशक्तिकरणका लागि प्रेरणा दिने गीतहरु प्रस्तुत गरिएका थिए ।

विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ठाकुराम बहुुमुखी क्याम्पसका प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले विद्यालयमा अध्ययन गर्ने मात्रै होईन विद्यालय तहबाट नै सामाजिक चेतना फैलाने शिक्षा दिन सकियो भने समाज रुपान्तारणमा सहज हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले विद्यालयस्तरमा नै व्यक्तिको जीवनशैलीको विषयमा जानकारी गराएन सके भविष्यमा उनीहरु समाजका लागि असल व्यक्त बन्न सक्ने बताउनुभयो । विद्यालयमा सिकाईने ज्ञान लगायत अतिरिक्त  क्रियाकलाप र अनुशासनले मात्रै व्यक्तिको समग्र विकास सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा ठाकुराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन द्विवेदी, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, पर्सा अध्यक्ष पुरन प्रधान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इन्चार्ज नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, केन्द्रीय पार्षद तुलसी भण्डारी, जगत राई, दिपक चौरसिया लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।