आमा नेपाल फाउण्डेशनद्वारा सुत्केरी महिलाहरुलाई कपडा वितरण 

आमा नेपाल फाउण्डेशनद्वारा सुत्केरी महिलाहरुलाई कपडा वितरण 

वीरगन्ज, १९ फागुन । ११३ औं अन्तराष्ट्रिय नारी दिवस तथा आमा नेपाल फाउण्डेशनको पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा सुत्केरी महिला तथा नवजात शिशुहरुलाई कपडा वितरण गरिएको छ ।

आमा नेपाल फाउन्डेशनको आयोजनामा विरगन्ज स्थित नारायणी अस्पतालको प्रसुती गृहमा रहेका सुत्केरी महिला तथा  नवजात शिशुहरुलाई लत्ताकपडा तथा फलफुलका सामाग्री वितरण गरिएको आमा नेपाल फाउन्डेशनकीअध्यक्ष प्रमीता मानन्धरले जानकारी दिनुभयो ।

आमा नेपाल फाउन्डेशन तथा विरगन्ज महानगरपालिका वडा नं. ६ को सहकार्यमा सञ्चालित महिला स्वरोजगार तथा उद्यमी तालिममा सहभागीहरुले सिलाएका बच्चाको कपडा सुत्केरी महिलाहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा आमा नेपाल फाउन्डेशनकी अध्यक्ष प्रमीता मानन्धर, विरगन्ज महानगरपालिका वडा नं. ६ का अध्यक्ष जय प्रकाश शाह अग्रवाल, नेपाल कराते महासंघका पर्सा जिल्ला अध्यक्ष सन्जु कुमार साह, एकद्वार संकट व्यवस्थापन केन्द्रकी संयोजक हेमा थापा मानन्धर लगायत विभिन्न सामाजिक व्यक्तित्व तथा आमा नेपालका सदस्यहरुको उपस्थिति रहेको थियो ।