पर्सा बाराबाट एकैदिन १४२ पोका रगत संकलन
वीरगन्ज, २० फागुन । बाराको निजगढ र वीरगन्जमा दुईवटा संस्थाले छुट्टाछुट्टै स्थानमा आयोजना गरेको रक्तदानमा १४२ पोका रगत संकलन भएको छ । अभिभावक संघवीरगन्ज पर्साद्वारा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।
संघका अध्यक्ष सन्दीप साहको अध्यक्षतामा भएको कार्यक्रममा ७५ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको संयोजन अभिभावक संघका सदस्य मनिष मिश्रले गर्नुभएको थियो । घण्टाघरमा आयोजना गरिएको कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुृख शौरभराज पाण्डे नेतृत्वको टोलीले सहजीकरण गरेका थिए ।
त्यस्तै आमा नेपाल फाउण्डेशन पर्साले पनि माईस्थान पार्कमा रक्तदानको आयोजना गरेको छ । संस्थाकी अध्यक्ष प्रतीमा मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा ८ पोका रगत संकलन भएको छ । त्यस्तै बाराको निजगढमा पनि रक्तदानको आयोजना गरिएको छ ।
युथ अफ नीजगढले आयोजना गरेको कार्यक्रममा १० जना महिला सहित ५९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिनुभयो ।