भवानी अस्पतालमा मृतकका आफन्तद्वारा तोडफोड, चारजना पक्राउ 

भवानी अस्पतालमा मृतकका आफन्तद्वारा तोडफोड, चारजना पक्राउ 

वीरगन्ज, १७ साउन । वीरगन्जको भवानी अस्पतालमा विरामीको आफन्तले तोडफोड गरेका छन । मुटुको समस्या भएकी पर्साको अप्पौनीकी एक महिलालाई उपचारका लागि भवानी अस्पतालमा ल्याएर चेकजाँच गर्दा उनको अस्पताल आउनु अघि नै मृत्यु भएको  डाक्टरले घोषणा गरेपछि मृतकका आफन्तले उनलाई दाहसंस्कारको लागि फर्काएर लगेको थियो ।

हिन्दु धार्मिक परम्परा अनुसार घाटनमा लगेर दाहसंस्कार गर्न लाशलाई नुहाउने क्रममा मृतकले मुख चलाएको मलामीले बताएपछि पुनः अस्पतालमा ल्याएर मृतकका आफन्तले जिउँदो मान्छेलाई मृत घोषणा गरेको भन्दै आक्रोशित भई अस्पतालका डाक्टर र नर्सलाई समेत हातपात गरी अस्पतालमा तोडफोड समेत गरेको अस्पतालका निर्देशक रामराज श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा तनाव भएपछि गएको पहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग समेत मृतकका आफन्तको केहीबेर झडप भएको थियो । मृतकका आफन्तले अस्पतालको सिसा फुटाईदिएका छन । अस्पतालमा तोडफोड गर्ने चारजनालाई पहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक ओमपकाश खनालले बताउनुभयो । मृतकका आफन्तले आएर अस्पतालमा तोडफोड गर्न थालेको सचना पाएपछि गएको पहरीले स्थितिलाई नियन्त्रणमा लिएको वडा पहरी कार्यालय वीर्ताका प्रहरी निरीक्ष राजेशराज पुरीले जानकारी दिनुभयो