अजित भुजेलको नेतृत्वमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा सर्वसम्मत चयन
वीरगन्ज, ७ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको तेश्रो जिल्ला अधिवेशनबाट अजित भुजेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
बुधबार वीरगन्जको होटल सिटी इनमा सम्पन्न अधिवेशनको बन्द सत्रले उपाध्यक्षमा मूनेश लायो मगर, सचिवमा राम मण्डल, सहसचिवमा एञ्जल चौधरी र कोषाध्यक्षमा संतोष रञ्जितकारलाई चयन गरेको छ ।
सदस्यहमा उत्तम खड्गी, मेघराज राय थारु, दिपेन्द्र चौधरी, शेखर चौधरी, सञ्जय दास थारू र रामकिशोर चौधरी सर्वसम्मत चयन हुनु भएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा पुनम चौधरी र शम्भु महतो थारूलाई चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा ओमप्रकाश चौधरी र कुसुमलाल श्रेष्ठलाई चयन गरेको छ ।
यसअघि अधिवेशनको प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले उदघाटन गर्नुभएको थियो । उदघाट सत्रमा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ का इञ्चार्ज निरज पिठाकोटे मगर,
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बञ्जारा, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का,
एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम, थारु पत्रकार संघ पर्साका अध्यक्ष ओमप्रकाश चौधरी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अजित कुमार भुजेलको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण राम मण्डल र स्वागत जगत राईले गर्नुभएको थियो ।