बारा जिल्लामा बिहान ६ः३० देखि निषेधाज्ञा लागू
वीरगन्ज, २३ बैशाख । बारा जिल्लामा आज देखि निषेधाज्ञा लागू हुने भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बारा जिल्लामा आज बिहान साढे ६ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नु भएको हो ।
निषेधाज्ञाको समयमा जिल्लाभरीमा खाद्यान्न, औषधी, माछामासु र सागसब्जी विक्री वितरण गर्ने बाहेकका पसलहरु शनिबार बाहेक अन्य दिन खुला गर्न नपाईने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । त्यस्तै सार्वजनिक तथा निजी सवारी साधनहरु पूर्णरुपमा बन्द गर्न आदेश दिईएको छ । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवाहरु पनि हालका लागि पूर्ण रुपमा बन्द गरिएको बाराका प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा जारी गरेको निषेधाज्ञा आदेशको सूचनामा जनाईएको छ ।