नारायणी अस्पतालमा पर्सा र रौतहटका गरी थप दुईजनाको मृत्यु

नारायणी अस्पतालमा पर्सा र रौतहटका गरी थप दुईजनाको मृत्यु

वीरगन्ज, २३ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ४  वीर्ताका ७० बर्षका वृद्ध पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । बैशाख १९ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको एन्टिजेन परीक्षणबाट कोरोना पोजिटिभ आएको थियो ।

उनको बुधबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । त्यस्तै रौतहटका एकजना ५४ बर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बैशाख २१ गते अस्पतालमा भर्ना गरिएको गौर नगरपालिका वडा नम्बर २ का पुरुषको पनि २१ गते नै एन्टिजेन

परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार राति मृत्यु भएको डाक्टर दासले बताउनुभयो । ५४ बर्षीय पुरुषको दुवै फोक्सोले काम गर्न छोडेपछि मृत्यु भएको डाक्टरको भनाई छ ।