वीरगन्ज महानगरले एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरु ग¥यो
वीरगन्ज, २७ जेठ । वीरगन्ज महानगरपालिकाले कोरोना संक्रमणको एन्टिजेन विधिबाट परीक्षण शुरु गरेको छ । महानगरपालिकाले बालमन्दिरमा यसअघि पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै आएकोमा स्वाब संलकन गर्न रोकेर एन्टिजेन परीक्षण शुरु गरेको महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगले जानकारी दिनुभयो ।
महानगरपालिकाले फैलदो कोरोना संक्रमणको श्रृंखला तोड्न एन्टिजेन विधिलाई जोड दिदै आएको छ । तर, यसअघि पीसीआर परीक्षणका लागि स्वाब संकलन मात्रै गर्दै आएको थियो । अब एन्टिजेन विधिबाट परीक्षण शुरु भएपछि भने संक्रमण नियन्त्रणमा थप सहज हुने महानगर प्रमुख सरावगीले बताउनुभयो ।
स्वाब संकलन गर्दै आएको समय तालिका अनुसार नै एन्टिजेन परीक्षण गरिने महानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी जहिर आलमले बताउनुभयो । पीसीआर परीक्षणमा समय धेरै लाग्ने भएपछि परीक्षणका लागि स्वाब समेत दिन नमान्ने गरेका
महानगरवासीहरुलाई अब एन्टिजेन विधिबाटै परीक्षण हुने भएपछि परीक्षणका लागि आउने र यसले संक्रमणको श्रृंखला रोक्न प्रभावकारी हुने महानगरपालिकाको विश्वास छ । कोरोना संक्रमणको दोश्रो लहरमा सबैभन्दा बढी संक्रमि वीरगन्ज महानगरवासी भएका छन् । मृत्यु पनि महानगरपालिका कै बढी भएका छन् ।