प्रदेश २ को चार स्थानीय तहमा वीमा समितिले अन्तरक्रिया गर्दै 

प्रदेश २ को चार स्थानीय तहमा वीमा समितिले अन्तरक्रिया गर्दै 

वीरगन्ज, १७ साउन । बीमा सम्बन्धी जनचेतना फैलाउनका लागि बीमा समितिले प्रदेश २ का चारवटा स्थानीय तहमा अन्तरक्रिया शुरु रगरेको छ । आईतबारदेखि प्रदेश २ को रौतहट र सर्लाहीका चार स्थानिय तहमा वीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल आरम्भ गरेको छ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा समितिकै प्रदिप गौतम र शिव प्रसाद खनालले स्थानीय तहसँग समन्वय गरेर वीमा सम्बन्धी अन्तक्रिया गरेको छ । 

समितिले साउन १८ गते सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा कार्यक्रम गर्ने छ। त्यस्तै साउन २० गते रौतहट जिल्लाको गौर नगरपालिका, साउन २२ गते रौतहट जिल्लाको गरुडा नगरपालिका र साउन २४ गते सर्लाही जिल्लाकै वरहथवा नगरपालिकामा कार्यक्रम गर्ने समितिले जनाएको छ ।

कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणलाई सहभागिता गराईने जनाएको छ । वीमा समितिले चालु आर्थिक वर्षमा स्थानीय तह सँगको यो पहिलो अन्तर्क्रिया कार्यक्रम हो ।

समितिले स्थानीय निकाय सँग प्रत्यक्ष रुपमा भेटेरै आफ्नो सेवा सुविधालाई बीमा सँग टाइअप गर्न अनुरोध गर्नेछ । बीमाको कसरी विस्तार गर्ने, बीमा सामाजिक सुरक्षा भएको हुनाले सबै वर्गलाई कसरी समेट्न सकिन्छ भने गत आर्थिक वर्षदेखिनै समितिले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । 

समितिले अभियानकै रुपमा अगाडि बढाएको यो कार्यक्रम चालु आर्थिक वर्षमा १०० वटा भन्दा बढि स्थानिइ नियका सँग सम्पन्न गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा पनि बीमा समितिले विभिन्न स्थानीय निकायहरु सँग यस्तो कार्यक्रम आयोजना गरिसकेको छ । यो कार्यक्रमले जनचेतना अभिबृद्धि गर्ने, बीमाको दाबी भुक्तानी कसरी हुन्छ भनेर जानकारी प्रदान गरिनेछ ।

यस्ता कार्यक्रमले बीमाको विस्तारमा के कस्तो कुराले बाधा अवरोध पुर्याइरहेको छ भन्ने कुरा नियामकलाई अवगत हुने र आगामी दिनमा के कस्ता नीति तथा कार्यक्रम बनाउदा बीमाको क्षेत्र थप फराकिलो बनाउन सकिन्छ भनेर रणनीति पनि तय हुने समितिले जनाएको छ ।