बिल बिजक भन्दा बढी कपडा लोड रहेको ट्रक राजस्वमा बुझायो 

बिल बिजक भन्दा बढी कपडा लोड रहेको ट्रक राजस्वमा बुझायो 

वीरगन्ज, १६ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको ट्रक अनुसन्धान कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारालाई बुझाएको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ट्रकमा वील विजक भन्दा बढी सामान लोड रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट कार्यालयबाट खटिएको टोलीले फागुन १४ गते वीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सिया स्थित सडकखण्डबाट ना ६ ख ६२ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको फेला परेपछि नियन्त्रयामा लिईएको थियो ।

माल सहितको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ट्रक सहितको ९२ लाख ८८ हजार ४८ रुपैंया मूल्यांकन गरि थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बारा पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।