वाईसियल नेपाल पर्साको विस्तारित बैठक सम्पन्न 

वाईसियल नेपाल पर्साको विस्तारित बैठक सम्पन्न 

वीरगन्ज, १७ फागुन । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसियल नेपाल पर्सा जिल्ला समन्वय समितिको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ ।

बैठकले विभिन्न प्रस्तावहरु माथी छलफल गर्दै पर्साको १४ ओटै पालिकामा समिति गठन, पुनर्गठन गर्ने तथा समाजमा देखिएका बेथिति, भ्रष्ट्राचार, तस्करी, कृत्रिम मूल्यबृद्धिको बिरुद्धमा व्यापक जनसभागिता गराउने सशक्त अभियान सञ्चालन गरि कानुनको दायरामा ल्याउने निर्णय गरिएको संगठनका जिल्ला संयोजक दिपेन्द्रसिंह पटेलले जानकारी दिनुभयो ।

जिल्ला संयोजक पटेलको अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज  बिजय महतो रहनुभएको थियो ।

विशिष्ट अतिथि मगर मुक्तिमोर्चाका केन्द्रीय उपाध्यक्ष कमल पिठाकोटे मगर, वईसियल पर्सा इन्चार्ज गौरव सन्तोष पटेल, महम्मद शरिफ गद्दी, महेश पटेल, निर्वाचन क्षेत्र १ का इन्चार्ज सलाम अन्सारी, पारस यादब लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पर्सागढी नगरपालिकाका सचिव विक्रम कार्कीले सञ्चालन गर्नुभएको थियो ।