जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना
वीरगञ्ज, २४ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साले क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै क्षेत्रीय सम्पर्क कार्यँलयको स्थापना गरेको हो ।
वीरगञ्जको मुर्ली टोलमा स्थापना गरिएको सम्पर्क कार्यालयको सोमबार नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगञ्जमा क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । क्षेत्रीय सम्पर्क कार्यालयबाट आगामी निर्वाचनसँग सम्बन्धित गतिविधिहरु सञ्चालन हुने पार्टीले जनाएको छ ।
पाँच वर्षसम्म जनताको सेवामा निरन्तर खटेर आफूले क्षेत्रमा विकासको लहर ल्याएको दावी गर्दै जनताले आफ्नो कामको मूल्यांकन गरेर पुनः निर्वाचित गराउने बताउनुभयो । उद्घाटनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जिल्ला समन्वय समिति पर्साका सभापति अजय सोनार, पूर्व सभापति नेक मोहम्मद मियाँ अन्सारी लगायतको उपस्थिति रहेको थियो ।