जसपा नेपाल पर्साको सपथ ग्रहण सम्पन्न 

जसपा नेपाल पर्साको सपथ ग्रहण सम्पन्न 

वीरगन्ज, २६ असार । जनता समाजवादी पार्टी नेपाल पर्साले मनोनित भएका पदाधिकारी सदस्यहरुलाई सपथ ग्रहण गराएको छ । जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा पार्टी पदाधिकारी र सदस्यहरुलाई सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गराएको हो ।

रामगढवा स्थित कुर्मी सेवा सदनमा भएको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मीले जेष्ठ १५ गते मनोनयन गरिएका ३ उपाध्यक्ष क्रमश अजय प्रसाद चौरसीया नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह, उपसचिव २ जना क्रमशः नुर आलम अन्सारी , सुनिल कुशवाहा र १ कोषाध्यक्ष  गरि कुल ७५ जना पदाधिकारी एवम् सदस्यहरुलाइ पद तथा गोपनियता शपथ ग्रहण गराउनु भएको हो ।

मनोनित गरिएका पदाधिकारी एवम् सदस्यहरुलार्इ गाम्छा र टीका लगाइ सम्मान पनि गरिएको जिल्ला सचिव तबरेज अहमदले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि कुर्मीले जसपाका मनोनित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहणले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गर्नुभयो । पूर्णता पाएको समितिलाइ गाउँ गाउँ र टोल टोल पुगि संगठनलाई थप चुस्त दुरुस्त बनाउन निर्देशन समेत दिनुभयो ।  

जिल्ला  अध्यक्ष यादवले कार्यक्रम समापन गर्दै अब समय सापेक्ष परिवर्तन गरि संगठनको काममा  लाग्ने र छिटोभन्दा छिटो कार्यकारिणी समितिको बैठक बसि विभिन्न आयोगहरु समेत गठन गरि अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रीय सदस्य हरेन्द्र चौरासिया, शेख खुर्सेद, जयनारायण पटेल, प्रदिप जयसवाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जसपा जिल्ला कोषाध्यक्ष एवम्  सखुवाप्रसौनीका उपमेयर शार्मिला महतो बिष्टले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको सचिव अहमदले जानकारी दिनुभयो ।