जसपा रौतहटका अध्यक्षद्वारा राजिनामा
वीरगन्ज, २२ कार्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) रौतहटका अध्यक्षले पार्टी परित्याग गर्नुभएको छ । जनता समाजवादी पार्टीका रौतहट अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीबाट राजिनामा विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
राष्ट्रिय अध्यक्ष उम्मेदवारी मनोनयन गर्ने समयसम्म वर्तमान बाम लोकतान्त्रिक गठबन्धनबाट नै देशको निकास सम्भव रहेको र केपी ओलीलाई तानासाह रहेको अभिव्यक्ति दिएर फेरी उहाँले नै तानासाह भनेका व्यक्ति र पार्टीसँग तालमेल गरेको तथा नागरिकता जस्तो गम्भीर विषयमा गैरजिम्मवार बनको आरोप लगाउदै पार्टीबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।
केपी ओलीकै इशारामा मधेसी जनताको सरोकारको विषय बनेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको जानकारी हुँदाहुँदै उनकै शरणमा जानु आत्मघाती र मधेसी जनताप्रतिको गद्दारी भएको उहाँले उल्लेख गर्नुभएको छ ।