पर्सामा जनता समाजवादी पार्टी निकट मुस्लीम संघको पुनर्गठन

पर्सामा जनता समाजवादी पार्टी निकट मुस्लीम संघको पुनर्गठन

जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी मुस्लीम संघ पर्साको कार्यसमिति पुर्नगठन गरिएको छ । रामगढवा स्थित कुर्मी धर्मशालामा आयोजना गरेको कार्यक्रममा सलिम मियाँ अन्सारको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षद्वय कलाम मन्सुरी र सदाम हुसैन, सचिवमा तबरेज खान, मकसुद मियाँ उपसचिव र श्रीमती हुसन नारा खातुन कोषाध्यक्ष र सदस्यमा अख्तर मियाँ लगायत ५१ सदस्य रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि समाजवादी मुस्लीम संघका केन्द्रीय अध्यक्ष मौलाना नुरुल होदाले उदघाटन गर्दै मुस्लीम समुदाय लगायत समावेशीताको सिद्धान्तको एक मात्रै पार्टी जनता समाजवादी पार्टी रहेको बताउनुभयो ।

मुस्लीम समुदायको हकहितका लागि लड्ने एकमात्रै पार्टी भएको दावी गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादवले नेपालमा अहिलेसम्म समावेशी समानुपातिक सिद्धान्त र पहिचान स्थापित गर्न सफल पार्टी जनता समाजवादी नै रहेको बताउनुभयो ।

उहाँले सबै वर्ग समुदायलाई संगठित गर्न सके मात्रै पार्टी बलियो हुने भन्दै समाजवादी मुस्लीम संघको गठनले पर्सामा जसपालाई थप बलियो बनाएको बताउनुभयो । कार्यक्रमको सहजीकरण जसपाका जिल्ला सचिव तबरेज अहमदले गर्नुभएको थियो ।