धोविनीको अस्पतालमा भएको अनियमिताको अख्तियारद्वारा छानविन शुरु
वीरगन्ज, १६ फागुन । पर्साको धोबिनी गाउँपालिकाको निर्माणधीन आधारभूत अस्पतालमा कमसल समाग्री प्रयोग भएको उजुरीको अख्तियारको टोलीले छानविन शुरु गरेको छ । उजुरीको आधारमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट आएको टोलीले हिजो नमूना संकलन गरेर लगेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ भिखमपुरमा निर्माणधीन १५ शय्याको अस्पतालमा कमसल समाग्री प्रयोग भएको उजुरीको आधार नमुना संकलन गर्न त्यहाँ गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अख्तियारको टोली उजुरीमा उल्लेख भएअनुसारको जाँचबुझ गर्न भीखमपुरमा पुगेको हो । गाउँपालिकाका इन्जिनियर रविभुषण पटेलका अनुसार स्वास्थ्य चौंकीको निर्माण अहिलेसम्म १५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।