वीरगन्जमा चन्द्रदर्शन सहकारी संस्थाको कारोबार शुभारम्भ
वीरगन्ज, ४ असोज । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबारबाट सेवा सुरु गरेको छ । वीरगञ्ज ६ आदर्शनगरमा रहेको रुंगटा मलमा कार्यालय स्थापना गरेर संस्थाले आफ्नो कारोबार शुरु गरेको हो ।
संस्थाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गर्नुभएको थियो । उहाँले सहकारी संस्थाले बचत संकलन र ऋण लिने दिनेमा मात्रै ध्यान नदिई उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभयो ।
वीरगञ्जमा साना उद्यमीहरु प्रसस्त रहेकाले उनीहरुसंगको सहकार्यमा उत्पादनमुलक काम गर्न सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वीरगञ्जमा अवैध वित्तीय कारोबारलाई रोक्न चुनौती रहेको देखिएको भन्दै सहकारीले वित्तीय कारोबारलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले वीरगञ्जमा संस्थाको सातौ शाखा स्थापना गरेर कारोबार शुरु गरेको जानकारी दिदै सेवाग्राहीको हितलाई ध्यानमा राखेर आफूहरु सेवा दिन तयार रहेको बताउनुभयो । संस्थामा सदस्य बनेका सेवाग्राहीले जुन सुकै शाखाबाट पैसा राख्न र झिक्न सक्ने सुविधा सहकारीले दिएको उहाँले बताउनुभयो ।
चन्द्रदर्शनले सेवा सुरु गरेसँगै वीरगञ्जमा मात्रै सहकारी संस्थाको संख्या १ सय ९३ पुगेको छ । संस्थाका अध्यक्ष रन्दीप श्रीवास्तबको सभातित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सहकारी विज्ञ केशव थापा, व्यवसायी मुरलिधर रुगंटा ,सुदिर रुंगटा लगायतको उपस्थिति रहेको थियो । यसअघि संस्थाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।
कार्यक्रममा ३५ जनाले रक्तदान गरेको संस्थाका कार्यकारी अधिकृत राजन पौडेलले जानकारि दिनुभयो । कार्यक्रमको संचालन सञ्चारकर्मी निलिमा पौडेलले गर्नुभएको थियो ।