भारतमा पुनःनोटबन्दी घोषणा, दुई हजारका नोट सेप्टेम्बर ३० सम्ममामात्रै वैध हुने
वीरगन्ज, ६ जेठ । भारत सरकारले पुनः नोटबन्दी गर्ने घोषणा गरेको छ । भारतीय रिजर्भ बैंकले २ हजारका नोट नचालउने भन्दै अब बजारमा नपठाउने घोषणा गरेको हो । भारतीय केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डियाका चीफ जेनेरल मेनेजर योगेश दयालले हस्ताक्षर गरेको सूचना अनुसार भारतमा २००० दरका नोटहरु पर्याप्त भएको र २०१८–१९ मा नै छपाईपनि बन्द भएकोले अब बजारमा भएका २००० का नोटहरु आगामी सेप्टेम्बेर ३० सम्म बैंकमा जम्मा गर्न भनेको छ ।
२००० मूल्यका बैंकनोटहरूको लगभग ८९% मार्च २०१८ अघि जारी गरिएका थिए । तिनीहरूको अनुमानित आयु ४–५ वर्षको अन्त्यमा रहेको र सर्कुलेशनमा रहेका यी २००० नोटहरूको कुल मूल्य ३१ मार्च, २०१८ (सञ्चालनमा रहेका नोटहरूको ३७.३%) को चरम सीमामा ६.७३ लाख करोडबाट घटेर ३.६२ लाख करोड रुपैयाँमा ३१ मार्च, २०२३ मा सर्कुलेशनमा रहेका नोटहरूको १०.८% मात्र रहको जनाएको छ ।
सामान्यतया सटहीमा पनि प्रयोग नगरिएको र यसबाहेक अन्य मूल्यका नोटहरुको भण्डार जनताको मुद्रा आवश्यकता पूरा गर्न पर्याप्त रहेकेले २००० का नोट बन्द गर्ने घोषणा गरेको जनाएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो । त्यो घोषणाको ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो । बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।