भारतमा कोरोना संक्रमण सुपरफाष्ट स्प्रेड, दिल्लीका मुख्यमन्त्रीदेखि विहारका पूर्वमुख्यमन्त्री परिवार पनि संक्रमित 

भारतमा कोरोना संक्रमण सुपरफाष्ट स्प्रेड, दिल्लीका मुख्यमन्त्रीदेखि विहारका पूर्वमुख्यमन्त्री परिवार पनि संक्रमित 

वीरगन्ज, २० पुस । भारतमा तीब्र रुपमा कोरोना भाईरस सक्रमण फैलिएको छ । २४ घण्टा भित्र भारतमा ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य १८९२ जनामा ओमिक्रोम भेरियण्टबाट संक्रमित भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, विहारका पूर्व मुख्यमन्त्री जितनराम माझीको परिवार लगायतमा पनि कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्लीका मुख्यमनत्री केजरीवालले आज आफैं ट्विट गर्दै आपूmलाई कोरोना संक्रमण भएको बारेमा जानकारी दिनु भएको हो ।

अहिले केजरीवाल घरमै आइसोलेसनमा बस्नुभएको छ । केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’

देशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ ।  संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ ।