नयाँ बर्षमा भारत सरकारको नागरिकलाई खाद्यान्न उपहार
वीरगन्ज, १७ पुष । नयाँ बर्ष २०२३ जनवरी १ तारिकका दिन भारतमा आज निःशुल्क खाद्यान्न उपहार वितरण गरेको छ । राष्ट्रिय खाद्य सुरक्षा कानून ढल्ँक्ब्० के तहत ९२.३५ करोड़ नागरिकलाई एकबर्षका लागि निःशुल्क खाद्यान्न वितरण गर्ने भारत सरकारले जनाएको छ। खाद्य मंत्रालयले आईतबारदेखि खाद्यान्न वितरण शुरु गरेको छ ।
सरकारले दुईसय करोड भन्दा बढी खाद्यान्न सहुलियत दिने सरकारले घोषणा गरेको छ । मंत्रालयले विज्ञप्ति जारी गर्दै केंद्र सरकार वर्ष २०२३ मा दुईसयक करोड भन्दा बढीलाई खाद्य सहुलियत वहन गर्ने छ। योजनालाई लागू गर्नका लागि भारतीय खाद्य निगम (एफसीआइ) का सबै महाप्रबंधकहरुलाई निर्देशन दिईसकेको जनाएको छ ।
प्रतिदिन अनिवार्य रूपले विभिन्न क्षेत्रका तीनवटा खाद्यान्न पसलहरुमा प्रतिदिन वितरणको आधारमा प्रतिवेदन दिन पनि निर्देशन दिएको छ ।
मन्त्रालयले निःशुल्क खाद्यान्न वितरणलाई मध्यनजर गर्दै लाभग्राहीलाई खाद्यान्न वितरण गर्ने डिलरलाई लाभांश उपलब्ध गराउने व्यवस्था गर्न राज्य सरकारसँग परामर्श भईरहेको जनाएको छ। राष्ट्रिय खाद्य सुरक्षा अधिनियम अनुसार उपभोक्तालाई सस्तोमा वितरण गर्ने खाद्यान्न अब राशन कार्ड बाहकहरुले कुनै पैसा तिर्नु पर्दैन ।
प्रधानमंत्री नरेन्द्र मोदीको अध्यक्षतामा २३ डिसेम्बर २०२२ मा आर्थिक मामला मंत्रिमंडलीय समितिको बैठकमा यो फैसला लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । यो सुविधा ३१ दिसंबर २०२३ अर्थात एकबर्षसम्म दिईनेछ ।