बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ जना पुग्यो,  १४ जनाको अवस्था गम्भीर

बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ जना पुग्यो,  १४ जनाको अवस्था गम्भीर

वीरगन्ज, ५ बैशाख । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बिहारको पूर्वी चम्पारण (मोतिहारीं) जिल्लामा भएको घटनामा १४ जनाको अवस्था गम्भीर रहेको हो ।

घटना लगत्तै विषाक्त मदिरा बेचबिखनको आरोपमा ५ स्टेशन हाउसका अफिसर र विभिन्न प्रहरी थानाका दर्जनौ कर्मचारीलाई निलम्बन गरिएको छ । प्रहरीले छापा मार्ने क्रममा हालसम्म १ सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

प्रहरीले हजारौं लिटर मदिरा बरामद गरेको छ । यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । भारतमा नितिस कुमार पहिलो पटक मुख्यमन्त्री बनेपछि बिहारमा मदिरा उत्पादन र सेवनमा रोक लगाईएको छ ।

मदिरा सेवन गर्ने, विक्री वितरण गर्नेलाई कडा कारवाही गर्ने गरिएको छ । मदिरा बिक्री वितरणमा रोक लगाएपनि लुकीकछिपी मदिरा सेवन गर्ने गर्दा भारतमा विषाक्त मदिराको सेवनबाट वर्षेनी सयौंको मानिसको मृत्यु हुने गरेको छ ।