एककरोड मूल्य बराबरको दुईवटा ट्रक सहितको सामान पर्सा प्रहरकिो नियन्त्रणमा
वीरगन्ज, ५ बैशाख । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विरगञ्जबाट धनुषा र सिन्धुली तर्फ लैजाँदै गरेको ट्रकमा बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू रहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका ना.३ ख ५३८४ र ना.३ ख ६०७५ नम्बरको मालवाहक ट्रकलाई खानतलासी गर्दा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाईको र विल बिजक पनि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।
शंकास्पद विलविजकको दुबै ट्रक र सामान सहितको मूल्य ९९ लाख ९८ हजार २८० मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रमुृख प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभायो ।