सञ्जु र सुनिललाई रेडियो सान्भी म्युजिक अवार्ड प्रदान 

सञ्जु र सुनिललाई रेडियो सान्भी म्युजिक अवार्ड प्रदान 

वीरगन्ज, २३ कार्तिक । रेडियो सान्भीले आयोजना गरेको ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड’ सञ्जु अमात्य र सुनिल पण्डितले पाउनु भएको छ । उत्कृष्ट गायकको उपाधि सञ्जु अमात्य र सुनील  पण्डित पाउनु भएको हो ।

भने, दीपशिखा मिश्रा उत्कृष्ट गायिका बन्नु भएको छ । रेडियो सन्भीले आयोजना गरेको प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ कार्यक्रममा गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएका विविध विधाका व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

भोजपुरी गीतमा भोजपुरी गायक सुनिल पण्डितलाई उत्कृष्ट भोजपुरी गायक अवार्ड प्रदान गरिएको छ । त्यसै गरी नेपाली भाषाको गीततर्फ गायक सन्जु अमात्यलाई उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको छ ।

यस्तै उत्कृष्ट नेपाली गायिका अवार्ड गायिका दीपशिखा मिश्रालाई प्रदान गरिएको छ । भोजपूरिमा उत्कृष्ट नव गायिका अवार्ड अन्जली गुप्तालालाई प्रदान गरिको छ । भने नव उकृष्ट गायक अवार्ड छोटु राजालाई प्रदान गरिएको छ। उकृष्ट नेपाली नव गायिका अवार्ड सुरभी मिश्रलाई प्रदान गरिएको छ ।

त्यस्तै  उत्कृष्ट नव गायक अवार्ड अनुप तिवारीलाई प्रदान गरिएको छ । उत्कृष्ट संगीतकारको अवार्ड संगीतकार विवेक प्रियारलाई प्रदान गरिएको छ । उत्कृष्ट गीतकार अवार्ड अजमत अलीलाई प्रदान गरिएको हो । उत्कृष्ट भोजपुरी लोक गीतक अवार्ड सलिम मियाँ, उत्कृष्ट संगीत समुह अवार्ड परियार ब्रदर्शलाई प्रदान गरिएको छ ।

पिपुल च्वाईस अवार्ड शर्मा चौहान, उत्कृष्ट गीत अवार्ड चन्दन प्रजापति र स्पेसल सान्भी म्युजिक अवार्ड मुनिलाल परदेशीलाई प्रदान गरिएको छ । यसैगरी लाईफ टाईम एचिभमेन्ट अवार्ड  गणेश परियार र अनिल कुमार वर्मालाई प्रदान गरिएको छ ।

यस्तै सांगितिक क्षेत्रमा पुर्‍याएको योदानको मूल्यांकन गर्दै कदर पत्रबाट ध्रुब सिंह ठकुरी, बुद्धिमान महर्जन , निलिमा पौडेल ,सोधा यादव ,अशोक प्रधान , हरी श्रीवास्तव र अनिल वर्मालाई समानित गरिएको छ ।  

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादव , निलम्बित सांसद हरिनारायण रौनियार , रामबाबु यादव ,प्रदेश सभा सदस्य करिमा बेगम , मन्जुर अन्सारी ,वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी ,पोखरिया नगरपालिकाकी प्रमुख दीपनारायण रौनियार, उप प्रमुख सालमा खातुन लगायत राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

सांगितिक क्षेत्रमा हौसला बढाउने म्युजिक एवार्डको कार्यक्रम भएपनि कलाकारहरुलाई सम्मान भन्दा राजनीतिक दलको उपस्थितिलाई प्रथामिकता दिईएको थियो ।