महोत्तरीको भंगाहामा दुईपक्षबीच झडप, अवस्था बिग्रिन नदिन कर्फ्यु जारी

वीरगञ्ज,  १० कार्तिक। महोत्तरीको भंगाहा नगरपालिकामा कफ्र्यु जारी गरिएको छ । भंगाहा नगरपालिका वडा नम्बर ८ क्षेत्रमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले कफ्र्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सूचना अधिकार सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

बिहीबार कलस यात्रा निकाल्ने क्रममा दुईपक्षबीच विवाद भएर झडप भएपछि अवस्था तनावग्रस्त बनेको थियो । झडपमा परी केही व्यक्त घाईते भएका छन् ।

दुईजनालाई भने चोट बढी लागेकोले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको उहाँले बताउनुभयो झडप नियन्त्रण गर्नेक्रममा ११ जना सुरक्षाकर्मीहरु पनि घाईते भएका छन् । सहायक प्रमुख जिल्ला अधिकार न्यौपानेका अनुसार कलस यात्राका क्रममा कसैले ढुंगा प्रहार गरेपछि तनावको अवस्था सृजना सहायकका प्रमुख जिल्ला अधिकार न्यौपानेले बताउनुभयो ।