डिसहोमले किन्यो प्रभु टिभी, प्रथामिक शेयर निष्काशनको तयारीमा
काठमाडौं । डेढ लाख भन्दा धेरै ग्राहक भएको प्रभु टिभी डिसहोमले खरिद गरेको छ। प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको डिसहोमले प्रभु टिभी खरिद गरेपछि केहि समय भित्रै प्रभु टिभीका ग्राहकले डिसहोमको सुविधा पाउने कम्पनीले जनाएको छ ।
हाल डिसहोमका १९ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन् । प्रभुटिभी खरिद गरेसँगै डिसहोमका ग्राहक साढे २० लाख नाघ्ने छन् । डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएको छ ।
बोर्डले अनुमति दिने वित्तीकै कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्न सक्ने छ । प्रभुका ग्राहकहरुले अहिले भइरहेको सेवा सहित डिसहोमले दिइरहेको सेवा पनि प्राप्त गर्न सक्ने छन् । डिसहोमले टेलिभिजनका साथै फाइबर नेटको पनि सुविधा प्रदान गर्दै आइरहेको छ ।