माओवादी सिध्याउन भगौडाहरुले देखेको सपना जनताले तुहाउने छन् : प्रचण्ड 

माओवादी सिध्याउन भगौडाहरुले देखेको सपना जनताले तुहाउने छन् : प्रचण्ड 

वीरगन्ज, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सिध्याउछु भनेर हिडेका भगौडाहरुले देखेका सपना मधेसी जनताले तुहाईदिने दावी गर्नुभएको छ ।


रौतहतको कटहरीयामा शनिबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भगौडाले माओवादी सिध्याउने सपना देखेपनि जनताले माओवादीलाई नै माया गर्ने दाबीसमेत गर्नुभयो । 

माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका नेता प्रभु साहको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रभु साहप्रति इङ्गीत गर्दै प्रचण्डले भने– ‘केही भगौडाले माओवादी पार्टी सिध्याउने सपना देखे । तर, यहाँका जनता माओवादीको पक्षमा झनै उद्देलित भएका छन् । यहाँका जताले आगामी निर्वाचनमा भगौडाहरुलाई राम्रै जवाफ दिनेमा विश्वस्त छु ।’


मधेसी दलका नेताले मधेसी जनतालाई अधिकार सम्पन्न गर्ने सवालमा खलनायकको भूमिको खेलेको टिप्पणी गर्नुभयो ।  अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तपाईंहरुले देख्नु भयो होला नि । मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने भन्दै हिँडेका महन्थ–राजेन्द्रहरु प्रतिगमनकारी केपी ओलीको टाङमुली छिरे । मधेसी जनताका लागि उनीहरुले खलनायकको भूमिका खेले । तपाईंहरुले बुझ्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले अबको निर्वाचनमा मधेसमा माओवादी नै ठूलो पार्टी हुने पनि दाबी गर्नुभयो । मधेसी जनतालाई अधिकारसम्पन्न बनाउने सवालमा मधेसी नेताले खलनायकको भूमिका खलेको कुरा मधेसी जनताले बुझिसकेको भन्दै अध्यक्ष प्रचण्डले मधेसी जनताको पक्षमा काम गर्ने पार्टी माओवादी नै भएकाले अबको निर्वाचनमा माओवादी नै ठूला पार्टी बन्ने दाबी समेत गर्नुभयो । 


सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले रौतहटका जनताले राखेको समस्याहरुको समाधानका लागि आपूmले तत्काल पहल गर्ने पनि बताउनुभयो ।

रौतहटमा आउनु भएका अध्यक्ष प्रचण्डलाई रौतहटका जनताले सिँचाईको समस्या, किसानको समस्या तथा मुस्लीम समुदायले राखेको समस्याको एकमुष्ट सम्बोधन गर्ने क्रममा उहाँले सबै समस्याको समाधानका लागि आफू सकारात्मक रहेको र पहल कदमी लिने पनि आश्वासन दिनुभयो ।