वीरगन्ज महानगर प्रमुख सरावगीद्वारा खोप भण्डारको उदघाटन 

वीरगन्ज महानगर प्रमुख सरावगीद्वारा खोप भण्डारको उदघाटन 

वीरगन्ज, ४ मंसिर । वीरगंज माहानगरपालिकाकामा खोप भण्डार स्थापना गरिएको छ । बालबालिकाहरुलाई लगाईने नियमित खोप तथा कोभिड विरुद्धको खोप भण्डारणका लागि महानगरपालिकाले खोप भण्डारको स्थापना गरेको हो ।

खोप भण्डार स्थलको महानगर प्रमुख विजय कुमार सरावगीले शनिबार उदघाटन गर्नुभयो । खोप भण्डारण गर्ने स्थान अभावले आवश्यक खोपको मात्रा वीरगन्जभन्दा बाहिर नै भण्डारण गनुपर्ने अवस्थाले वीरगन्जमा समयमा खोप नपाउने समस्या भोग्दै आएका वीरगन्ज महानगरवासीले अब भने भण्डारण अभावले खोप नपाउने समस्याबाट मुक्ति पाउने भएको छ ।

वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैंयाको एउटा (आईएलआर) खोप चिसो बनाई राख्ने रेफ्रिजेरेटर, प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालबाट पनि खोप चिसो राख्ने रेफ्रिजेरेटर, एकसय वटा आईस्प्याक फ्रिजर, १६ वटा खोप बोक्ने भ्याक्सिन क्यारियर,

७ वटा कोल्ड बक्स र २ वटा धेरै खोप बोक्न मिल्ने (लक्जम्बर्ग) लगायतका उपकरणहरु महानगरपालिकामा उपलब्ध भएको महानगरपालिकाका स्वास्थ्य संयोजक रितेश जयसवालले बताउनुभयो ।

खोप भण्डार स्थापनासँगै अब महानगरपालिकावासीलाई आवश्यक पर्ने खोप राख्न मिल्ने चेन कोल्ड सब स्टोर स्थापना गरेको र महानगरका बालबालिकालाई लगाईने नियमित खोप तथा कोभिड विरुद्धको खोपको पनि अभाव नहुने

वीरगन्ज महानगर पालिकाका प्रमुख विजय कुमार सरावगीले बताउनुभयो । चेन कोल्ड सव स्टोर स्थापनाले महानगरपालिकामा खोप सहज रुपमा पाउन सकिने नगर प्रमुख सरावगीको भनाई छ ।